
देश पोस्ट देश पोष्ट /खोटाङ । काठमाडौंमा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ ।
बुढानीलकण्ठ नगरपालिका–१० कपन आकाशेधारा बस्ने २२ वर्षीय पासाङ छिरिङ शेर्पा र भिमदत्त नगरपालिका महेन्द्रनगर स्थाइ घर भई बुढानीलकण्ठ नगरपालिका १० कपन आकासेधारा बस्ने २७ वर्षीय खगेस खत्रीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।


महानगरी प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले सोमबार साँझ ५ बजे गोपीकृष्णहल नजिकबाट उनीहरुलाई ६ ग्राम सुगरसहित पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]