
देश पोस्ट देश पोष्ट/ खोटाङ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोलामा २ हजार ५०० रुपैयाँको दरले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । बुधवार छापावाल सुन तोलाको ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।


यसैगरी आज तेजाबी सुनको मूल्य तोलाको ९८ हजार ५०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँको दरले बढेर चाँदी बिहीबार १ हजार ३५५ रुपैयाँमा कायम भएको छ । बुधवार १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]