
देश पोस्ट देश पोष्ट /खोटाङ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।
बुधवार प्रतितोलामा १९०० रुपैयाँको दरले बढेर एक लाख रुपैयाँ नजिक पुगेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोलामा १९०० रुपैयाँको दरले बढेर ९९ हजार ५०० रुपैयाँ कायम भएको छ ।
मङ्गलवार छापावाल सुन तोलाको ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
मङ्गलवार तेजाबी सुनको मूल्य तोलाको ९७ हजार १०० रुपैयाँ रहेकोमा आज ९९ हजार रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँको दरले बढेको छ । मङ्गलवार एक हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधवार एक हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]