
देश पोस्ट देश पोष्ट/ खोटाङ । झापामा महिलाको हत्या आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
मेचीनगरपालिका–५ पिपलडाँडा चौकको बाझो खेतमा फागुुन २५ गते मृत फेला परेकी स्थानीय ५६ वर्षीया अम्बिका कुँवरको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।


मेचिनगर–५ का २७ वर्षीय रण बहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।
फाल्गुन २५ गते बेलुकी ४ बजे घाँस काट्न गएकी कुवँर साँझ घर नफर्किएपछि कुँवरको श्रीमान जगत कुवरले खोजतलास गर्दै जाँदा घर देखि २ सय मिटर टाढा रहेको बाँझो खेतमा राती पौने ८ बजे मृत अवस्थामा फेला पारेका थिए ।
जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र संघिय प्रहरी ईकाई कार्यालय धरान डग शाखाको तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन भई घटनाको अनुसन्धानको क्रममा बस्नेतलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका बस्नेतमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]