
देश पोस्ट देश पोष्ट /खोटाङ । डिभिजन वन कार्यालय खोटाङले जिल्लाका १४ सामुदायिक वनलाई अग्नि नियन्त्रक औजार प्रदान गरेको छ ।
सामुदायीक वनमा लाग्ने डढेलो तथा आगलागी नियन्त्रण गर्ने प्रयोजनका लागि डिभिजन वन कार्यालयले खोटेहाङ गाउँपालिकाका १० वटा र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ४ वटा सामुदायीक वन उपभोक्ता समुहलाई अग्नि नियन्त्रक औजार प्रदान गरेको हो ।


सामुदायिक वन उपभोक्ता महासंघ खोटाङको माग बमोजिम डिभिजन वन कार्यालयले खोटेहाङ गाउँपालिकाको सल्ले, ठूलोपाखा, अँधेरी खहरे, नमुना, मड्केला, चैनपुर, नौलापाखा, खोटाङपाखा, दुवेनी र आइतबारे सामुदायिक वन तथा दिप्रुङ चुईचुम्मा गाउँपालिकाको बसुवा, खहरे चाङताङ, खमारे र उर्लेनी भिरपाखा सामुदायिक वन लगायतको वनमा लागेको डढेलो नियन्त्रणमा उपयोगका लागि औजार प्रदान गरेको हो ।
डढेलो लागेकोबेला स्थानीय सामुदायिक वन उपभोक्ता समुहले प्रयोग गर्न पाउनेगरी प्रतिपालिका ९ थान फायर स्वाटर, ७ थान रेक, ४ थान रेक हु, ४ थान बेल्चा, ४ थान मास्क, ६ थान पञ्जा, ५ थान हेल्मेट, ३ थान एक्स हु प्रदान गरिएको सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष राजेन्द्र राईले बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघको खोटेहाङ गाउँपालिका अध्यक्ष दिलीप राई र महासंघको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष बिरेन्द्रप्रसाद रायलाई अग्नि नियन्त्रक औजार हस्तान्तरण गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष राई, निजी पारिवारिक वन संघका जिल्ला अध्यक्ष गंगाधर कार्की र सव–डिभिजन वन कार्यालय खोटेहाङ गाउँपालिकाका प्रमुख बलराम सिंहले अग्नी नियन्त्रक औजार हस्तान्तरण गर्नुभएको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]