
देश पोस्ट देश पोष्ट /खोटाङ । देशभरका १५ महिनादेखि १५ वर्ष उमेरका ७५ लाख बालबालिकालाई आजदेखि टाइफाइड विरुद्धको खोप लगाइँदै छ ।
स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखाका जानकारी अनुसार गाभी (खोप सम्बन्धी विश्वव्यापी सञ्जाल)ले नेपाललाई निःशुल्क टाइफाइड खोप उपलब्ध गराएको हो ।


खोपका लागि १० हजार स्वास्थ्यकर्मी र एक लाख १२ हजार ८५८ स्वयंसेवक परिचालन गरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा खोप अभियानको उद्घाटन गर्नुभएको थियो ।
पाँच वर्षमा नेपालमा चार लाख ५० हजारभन्दा बढीमा टाइफाइड रोगको सङ्क्रमण देखिएको स्वास्थ्य विभागले जनाएको छ । यो अभियान १८ वैशाखसम्म चल्नेछ ।
त्यस्तै, खोटाङमा भने टाइफाइड विरुद्धको खोप अभियान १५ महिनादेखि १५ वर्ष उमेरका ५२ हजार बढी बालबालिकालाई २९ चैत देखि ४ बैसाखसम्म सञ्चालन हुने तयारी रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]