
देश पोस्ट देश पोष्ट /खोटाङ । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ मा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
बेतनीबाट गुमीतर्फ आउँदै गरेको भे१ह ३०४९ नम्बरको टेम्पो शनिबार साँझ पौने ७ बजे पल्टिएर दुर्घटना भएको थियो ।


दुर्घटनामा परि सुर्खेतक गुर्भाकोट नगरपालिका–१४ का अन्दाजी ६० वर्षीय पदमबहादुर रास्कोटीको उपचारको क्रममा मेहलकुना अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा टेम्पो चालक ३१ वर्षीय पदम शाही, ४५ वर्षीय गोपाल पुन र ४२ वर्षीया पूर्णकला पुन घाइते छन् ।
उनीहरूको मेहलकुना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]