
देश पोस्ट देश पोष्ट/ खोटाङ । काठमाडौंमा बलात्कारपछि लुटपाट गरी फरार भएका आरोपिलाई प्रहरीले पक्राउ गरेको छ ।
काभ्रे तेमाल गाउँपालिका–९ घर भई बनेपामा डेरा गरी बस्दै आएका ३० वर्षीय भोटे भनिने विश्व तामाङलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


जेठ २९ गते राति एक २४ वर्षीया महिलालाई फकाएर विवाह गर्ने प्रलोभनमा पारी बलात्कारपछि लुटपाट गरेर तामाङ फरार भएका थिए।
प्रलोभनमा पारेर ती पीडितलाई काठमाडौं महानगरपालिका–११ भोटेबहालस्थित एक गेष्ट हाउसमा लगेर पीडितलाई पेय पदार्थमा लठ्ठिने पदार्थ मिसाएर खुवाएरको प्रहरीले जनाएको छ।
पीडितले आफूसँग १ लाख नगद, दुई तोला सुन र एउटा मोबाइल लुटेर बलात्कारपछि फरार भएको बताएकी छन् ।
यस घटनाबारे जेठ ३१ गते प्रहरी वृत्त कालिमाटीमा जाहेरी परेको थियो।
प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्न अनुमति लिएर प्रहरी वृत्त कालीमाटीबाट थप अनुसन्धान भइरहेको जनाएको छ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]