
देश पोस्ट देश पोष्ट /खोटाङ । रूपन्देहीबाट स्रोत नखुलेको १२ लाख ५० हजार नेपाली रुपैयाँसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।
आइतबार दिउँसो साढे २ बजेतिर रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १ वाइपास रोडबाट उक्त रकमसहित भारत उत्तर प्रदेश जिल्ला महाराजगञ्ज जुगौली बस्ने ४६ वर्षीय आशिष साहुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


लु ६ प ७१२९ नं. को मोटरसाइकलमा सवार साहुलाई शंका मानी चेक गर्दा उनको साथबाट स्रोत नखुलेको कुल १२ लाख ५० हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
साहुलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बेलहिया पठाइएको बताइएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]