
देश पोस्ट देश पोष्ट /खोटाङ । काठमाडौं महानगरपालिका-२६ सामाखुशीबाट करिब ३ केजी ५ सय ५० ग्राम तौल भएको दुर्लभ बन्यजन्तु सालकको खपेटा सहित तीन जना पक्राउ परेका छन् ।
सालकको खपेटा सहित मकवानपुर गढी गाउँपालिका-८ बस्ने ४२ वर्षीय सूर्य बहादुर स्याङतान समेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


उक्त स्थानमा दुर्लभ वन्यजन्तु सालकको खपेटा बेचबिखन भइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो
उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला डिभिजन वन कार्यालय हात्तिसारमा पठाइएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]