
देश पोस्ट देश पोष्ट /खोटाङ । धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलमा गएराती भारतीय नम्बरको ट्रेलरको ठक्करबाट जीपका चालक र परिचालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जीप चालक धादिङकै ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञान बहादुर नेपाली र परिचालक बेनीघाट रोराङका २५ वर्षीय राजेन्द्र तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।


दुर्घटनामा घाइते ट्रेलरका चालक र परिचालकको उपचार गल्छी स्थित अम्बे भरोसा अस्पतालमा भइरहेको छ ।
चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बरको ट्रेलरले सोही दिशाबाट आइरहेको बाग्मती प्रदेश–०१–०२५ च ७८७२ नम्बरको पिकअप जीपलाई ठक्कर दिएको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]