
देश पोस्ट देश पोष्ट /खोटाङ । अनलाइन बिंगो (जुवा) खेलेको आरोपमा प्रहरीले बौद्धबाट १५ जनालाई पक्राउ गरेको छ ।
गोकर्णेश्वर नगरपालिका–५ स्थित लामा पम्प नजिकै सिन्धुपाल्चोक घर भएका २६ वर्षीय निमा शेर्पाले टिनको टहरामा संचालन गरेको खाजा घरमा छापा मारेर आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


बिंगो खालबाट १ लाख ६० हजार नगद बरामद गरिएको छ । अनलाइन एप्स मार्फत बिंगोको टिकट बाँडेर हारजित हुनेगरी बिंगो खेलाउने गरिन्छ ।
बिंगो खेल्नेहरुमाथी प्रहरी वृत बौद्धले जुवा मुद्दामा अनुसन्धान गरिरहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]