
देश पोस्ट देश पोष्ट /खोटाङ । ओखलढुंगामा १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।
उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले खिजिदेम्बा गाउँपालिका–३ बस्ने ५१ वर्षीय बाल कुमार दर्जीलाई बुधबार पक्राउ गरेको छ ।


दर्जीले ती किशोरीलाई गत साउन २६ गते बलात्कार गरेको प्रहरीले जनाएको छ ।
उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खिजिफलाटेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]