
देश पोस्ट देश पोष्ट /खोटाङ । खोटाङमा ट्याक्टरबाट खसेर किचिँदा एकको मृत्यु भएको छ ।
मंगलबार साँझ दिक्तेलबजारबाट व्यापारिक सामान लिएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी जाँदै गरेको प्र.१.०२.००३ त १४९२ नम्बरको ट्याक्टरले थिच्दा खार्मीका ५६ बर्षिय टेकबहादुर राईको मृत्यु भएको हो ।


ट्याक्टरको क्याविनमा बसेर यात्रा गरिरहेका राई पल्टिएर जमिनमा झरेपछि सोही ट्याक्टरले किचिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दिक्तेलबाट दशैंको सामान लिएर दिक्तेलबजारबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा डाँडाटोल पुगेको ट्याक्टरबाट खसेका राईको घट्नास्थलमै मृत्यु भएको हो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]