
देश पोस्ट देश पोष्ट /खोटाङ । बारामा लोड गरिएको पेस्तोलसहित एक जना पक्राउ परेका छन्।
पचरौता नगरपालिका-४ गुलरिया सीमा इलाकाबाट आइतबार कम्मरमा पेस्तोल बाँधेको अवस्थामा एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।


पक्राउ पर्नेमा भारतको पूर्वीचम्पारण मोतिहानी १६का ४० वर्षीय चन्दन कुमार रहेका छन्।
उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराले पेस्तोल र ७ राउन्ड गोलीसहित पक्राउ गरेको हो ।
भारतबाट नेपाल आउँदै गरेका उनी शंकास्पद अवस्थामा देखिएपछि गस्तीमा खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा उनको साथमा तीन राउण्ड गोली लोड गरिएको मोडल नम्बर २०२२ आर.एफ.आई.को एउटा पेस्तोल बरामद गरेको हो।
साथै उनीबाट ११ हजार २७० भारतीय रुपैयाँ, ३ वटा भारतीय आधार कार्ड र एउटा मोबाइल पनि बरामद गरेको छ।
पक्राउ परेका कुमारलाई इलाका प्रहरी कार्यालय सिमरनगढ बारामा बुझाएको छ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]