
देश पोस्ट देश पोष्ट खोटाङ ।भोजपुरमा चार बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका–३ सिद्राङ बस्ने ३७ वर्षीय पुर्णकुमार राई रहेको प्रहरीले जनाएको छ ।


उनीमाथि १३ वर्षीया दुई जना र १५ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप छ ।
राईले विभिन्न मिति, समय र स्थानमा ती बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]