
देश पोस्ट देश पोष्ट /खोटाङ । रुपन्देहीको सैनामैना नगरपालिका–१० बाट प्रहरीले खैरो हेरोइन सहित ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सैनामैना घर भएका २३ वर्षीय नवीन सेन, २४ वर्षका नारायण शाही, ३१ वर्षीय प्रतिप गौतम र २८ वर्षीय सन्दीप गौतम छन् ।


कपिलवस्तुबाट खैरो हेरोइन लिएर आउँदै गरेका नवीन र नारायणको साथबाट प्रहरीले २ सय मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।
प्रतिप र सन्दीपको साथबाट ८ सय मिलिग्राम खैरो हेरोइन बरामद गरिएको बताइएको छ ।
यस घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]