
देश पोस्ट देश पोष्ट /खोटाङ । मकवानपुरको मनहरी गाउँपालिका ६ रामडाडाँमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
चितवनबाट मनहरीतर्फ जाँदै गरेको ना ५ ख ३५५७ नम्बरको ट्रकले विपरीत दिशाबाट आएको ग १५ प ३९६९ नम्बरको स्कुटर शुक्रबार बिहान साढे ६ बजे ठक्कर दिएको थियो ।


दुर्घटनामा कास्कीको निर्मल पोखरी २ बस्ने ३८ वर्षीया अमृता परियारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।
ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताइएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]