देश पोष्ट /खोटाङ । बागलुङमा आफ्नै तीन वर्षीया छोरीको हत्या आरोपमा बुबा पक्राउ पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बागलुङ नगरपालिका–१२, अमलाचौर घर भई जैमिनी नगरपालिका–४, सर्कुवा बस्ने २० वर्षीय सायर दिन रहेका छन् । उनलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको छ ।
आफ्नै तीन वर्षीया छोरी अरिसा दिनको हत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सायरले ढुङ्गाले टाउकोमा प्रहार गरी आफ्नै छोरीको हत्या गरेको भन्ने खबरका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]