देश पोष्ट /काठमाण्डौं । आज मिति २०७९ फागुन १९ गते, शुक्रवार, ३ मार्च २०२३ बिश्वकर्मा बाबाको दर्शन गरि तपाइको राशिफल हेर्नुहोस् ।
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
विशेष काम गर्न बिहानको समय अनुकूल हुनेछ । अग्रजको सहयोग लिँदा राम्रो हुनेछ । दिउँसोदेखि समय केही प्रतिकूल रहनेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । साझेदारीमा असमझदारी बढ्नेछ । आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ । हतारमा निर्णय नलिनुहोला ।
वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बौद्धिक तथा रचनात्मक काममा जुट्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् र नयाँ काम थालनी हुनेछ । आयस्रोत बढाउन सकिनेछ । दिउँसोदेखि शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । शुभचिन्तकहरूको साथ–सहयोग जुट्नाले पेसा–व्यवसायमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
पहिलेको काम पूरा हुनासाथ नयाँ जिम्मेवारी प्राप्त हुनेछ । आयस्रोत बढ्नेछ । दिगो काम सुरु गर्ने समय छ । दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ । काममा शुभचिन्तकहरूले साथ दिनेछन् । बुद्धिको उपयोगले धन आर्जन हुनेछ । साथीभाइको सहयोग जुट्नाले व्यावसायिक लक्ष्य प्राप्त हुनेछ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ । तारिफयोग्य कामले प्रशंसक बढ्नेछन् । स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ । पेसा–व्यवसायमा राम्रै फाइदा हुनेछ र स्वाभिमानको रक्षा गर्न सफल भइनेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
केही आम्दानी हुने समय छ । श्रमको उचित मूल्य पाइनेछ। रोकिएको काम बन्नाले नयाँ जिम्मेवारी समेत पाइनेछ । दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ । खर्चिलो काम थालनी हुनेछ । आकस्मिक समस्याले खर्च बढ्न सक्छ ।
कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
काम बन्नाले आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन् । दिउँसोदेखि अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ । आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला । आम्दानी भए पनि खर्च बढ्नाले रकम सञ्चय नहुन सक्छ ।
तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ । दिउँसोदेखि पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ । आँटले कीर्तिमानी दिलाउनेछ। परोपकारी काममा प्रवृत्त भइनेछ ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ । आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला । श्रम परे पनि दिउँसोदेखि विशेष उपलब्धि प्राप्त हुनेछ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । तत्काल काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ । मनमा अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ ।
धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बिहानको समय उत्साहवर्द्धक रहनेछ । रमाइलो यात्राका बीच मानसम्मान प्राप्त हुनेछ । व्यवसायमा मनग्य फाइदा उठाउन सकिनेछ । दिउँसोदेखि स्वास्थ्यबाधा हुन सक्छ । साथ दिनेहरू नहुँदा दुःख पाइनेछ । सामान्य काममा धन र श्रम समेत खर्च हुनेछ । सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन् ।
मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बिहानको समय संघर्षपूर्ण देखिए पनि दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ । व्यापार बढ्नेछ भने यात्रा गर्ने अवसर जुट्न सक्छ । केही भौतिक साधन प्राप्त हुनेछन् । धन तथा ज्ञानको भण्डार बढ्नेछ । प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। आफन्तहरूको साथ जुट्नेछ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
बिहानको समय सानोतिनो समस्यामा अलमलिनुपर्ला । कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ने देखिन्छ । धनमाल सुरक्षामा सजग रहनुहोला । बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित हुनेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउनेछ । दिउँसोबाट दिगो काम प्रारम्भ गर्न सकिनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ । पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]