देश पोष्ट /खोटाङ । ओखलढुंङगाको मानेभन्ज्याङ गाउँपालिकामा गुडिरहेको सुमोमा आगलागि भएको छ । आज काठ्माडौबाट सोलु आउदै गरेको जिप मानेभन्ज्याङ गाउपालिका ७ हिलेपानिको सिद्धिचरण राजमार्गमा आगलागी भएको हो ।
ना १ ज ८८८२ नं को सुमो गुडिरहेको अवस्थामा ईन्जिन अत्याधिक ताति वायरिङको तार सर्ट भई गाडिमा आगलागि भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक देवेन्द्र दासले बताए ।
उक्त गाडीमा भएको सामानहरु निकालीएको भएपनि गाडी पुर्ण रुपमा जलेर नष्ट भएको साथै मानविय क्षति भने नभएको निरिक्षक दासको भनाइ छ ।
गाडीमा चालक सहित ९ जना यात्रु रहेको बताइएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]