देश पोष्ट /काठमाण्डौं । आज मिति २०७९ फागुन २७ गते, शनिवार, ११ मार्च २०२३ शनिदेव महाराजको दर्शन गरि तपाइको राशिफल हेर्नुहोस् ।
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ । लगनशीलताले नयाँनयाँ काम गर्ने अवसरसमेत दिलाउनेछ । बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला । विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धन लाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ ।
वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ । व्याहारिक समस्याले योजना रोकिन सक्छ । कामको चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिन सक्छ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले अग्रता दिलाउन सक्छ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
अवसर तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । अध्ययनमा प्रगति हुनेछ । शैक्षिक प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ । बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । नयाँ योजना शुभारम्भ गर्ने समय छ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
दीर्घकालीन महत्त्वका काममा निर्णय लिन हतार नगर्नुहोला । साझेदारीमा समस्या आउनाले सम्झौता भंग हुन सक्छ । तत्काल योजना सार्वजनिक नगर्नुहोला । काम बिग्रने डरले सताउनेछ । आँटले काम लिनेहरूलाई फाइदा हुनेछ । सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला । शुभचिन्तकहरूले साथ दिने हुँदा नसोचेको काम सम्पादन हुनेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
रचनात्मक काममा जुट्ने समय छ । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ। गरिएका कर्मको सामान्य प्रतिफल पाइनेछ । परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । सानोतिनो काममा सञ्चित रकम खर्चनुपर्ला ।
कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।
तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । अरूको करकापमा परेर इच्छाविपरीत काम गर्नुपर्ला । टाढाका साथीभाइले काममा साथ दिनेछन् । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । केही वस्तु त्याग्नुपरे पनि कर्जामार्फत धन जुट्नेछ । केही खर्च लागे पनि देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ । श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ । व्यापारमा फड्को मार्न सकिनेछ । सट्टापट्टा, लेनदेन आदिमा मनग्गे फाइदा हुनेछ । विभिन्न स्रोत–साधन जुट्नेछन् र धन संग्रह पनि हुनेछ । व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्नेछ।
मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ला । नियमित काम सम्पादन भए पनि निर्णायक मोडमा दुविधा उत्पन्न हुनाले समस्या पर्नेछ । आफन्तको सहयोगले काम सम्पादन हुनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । भविष्यका लागि थालिएको काम रोकिन सक्छ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसर जुट्नाले कीर्तिमानी कामको यश प्राप्त हुनेछ । सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न केही समय लाग्नेछ । योजना पूर्ण नभए पनि आंशिक लाभ हुनेछ । अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ । सामाजिक जिम्मेवारीका साथै आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुन सक्छ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला । आकस्मिक समस्याले दौडधुप गराउन सक्छ । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्य र अर्थका हिसाबले आजको दिन कमजोर रहनेछ । गोपनीयता बाहिरिनाले केही व्यावहारिक समस्या पनि देखा पर्नेछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]