
देश पोस्ट देश पोष्ट /खोटाङ । सिन्धुलीको फिक्कल गाउँपाालिका–४ को कुहिभीरमा आइतबार बस दुर्घटनामा परी पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।
ओखलढुंगाबाट काठमाडौं जाँदै गरेको बा २ ख ६५९६ नम्बरको बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालक रहेका छन् ।


३४ जना यात्रु सवार बस दुर्घटना हुँदा २९ जना घाइते भएको प्रारम्भिक विवरण आएको र उनीहरुको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सडकको भित्तामा ठोक्किएर बस दुर्घटना भएको प्रारम्भिक आकलन छ ।
दुर्घटना भएको बस भित्तामा चेपिएर रहेकाले उद्धारमा कठिनाइ भइरहेको छ । मेसिन लगाएर दुर्घटना भएको बसलाई उठाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण भने आउन बाँकी छ
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]