देश पोष्ट/ काठमाण्डौं । आज मिति २०७९ फागुन २९ गते, सोमवार, १३ मार्च २०२३ पुर्बको प्रख्यात हलेसी महादेवको दर्शन गरि तपाइको राशिफल हेर्नुहोस् ।
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला । आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन् । काम बिग्रने भयले पनि सताउनेछ । पहिलेका समस्या सच्याउने अवसर भने प्राप्त हुनेछ । काम पूर्ण नभए पनि अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ ।
वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ । अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ । शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ । सुझबुझका साथ काम लिएमा उपलब्धि प्राप्त हुनेछ । व्यापारमा सामान्य फाइदा भइरहनेछ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ । अधिकारका लागि अलि सजग रहनुपर्ला । प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन् । काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ । परिस्थितिले नयाँ कर्मतर्फ अग्रसर गराउन सक्छ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अप्ठ्यारा परिस्थितिले काम गर्न विलम्ब हुनेछ । समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दाबी गर्लान् । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय छ, सजग रहनुपर्ला । लगनशील बन्नेहरूलाई दिगो फाइदा हुन सक्छ । पहिले टाढिएका आफन्त भने नजिकिएलान् । तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ । पारिवारिक मतभेदले कामका बाधा पुर्याउन सक्छ ।
कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ । सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन् । मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ । आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला ।
तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउन सक्छ ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसर प्राप्त भए पनि भेटघाटले अलमल्याउन सक्छ । पहिरन र खानपानले केही खर्च पनि बढाउला । अध्ययनमा प्रगति हुनेछ । सामाजिक दायित्व बढ्नेछ । खानपानको असावधानीले स्वास्थ्यमा बाधा हुन सक्छ । पदासीन व्यक्तिहरूले केही अवरोध गर्न सक्छन् ।
धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पछिका लागि केही वस्तु त्याग्नुपर्ला । खर्चिलो काममा लगानी गर्नुपर्ने समय छ । टाढाका साथीभाइले काममा साथ दिनेछन् । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा उठाउन नसकिएला । कर्जामार्फत रकम जुट्नेछ । खर्च लागे पनि लगानीको अवसर आउन सक्छ ।
मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल–अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
आँटले काम लिन नसक्दा केही पछि परिनेछ । समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ । ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । सानातिना काममै अल्झनुपर्ने समय छ । कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पहिलेका कमजोरीले केही समस्या उब्जाए पनि सोचेको काम सम्पादन गर्न सकिनेछ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । चुनौतीपूर्ण जिम्मेवारी आए पनि बुद्धि–विवेकले काम सम्पादन गर्न सकिनेछ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]