देश पोष्ट /काठमाण्डौं । आज मिति २०७९ फागुन ३० गते, मंगलवार, १४ मार्च २०२३ पञ्चमुखी हनुमानको दर्शन गरि तपाइको राशिफल हेर्नुहोस् ।
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शरीरमा कमजोरी अनुभूति हुनेछ । लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ । जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।
वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कामको चापबाट फुर्सदिलो भइनेछ । व्यापार–व्यवसायमा लाभ हुनेछ। आय बढ्नुका साथै उपहार प्राप्त हुने समय छ । भौतिक साधन जुट्नेछ भने आम्दानी बढ्ने काम प्रारम्भ हुन सक्छ । परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला । स्वास्थ्य कमजोर रहनाले व्यवसायमा बाधा पुग्नेछ । प्रगतिमाथि ईर्ष्या गर्नेहरूले पनि दुःख दिनेछन् । शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सेवामूलक काम सम्पादन गर्न सकिनेछ । प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । आफन्तले उत्साह जगाउनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ ।
कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिस्थितिवश चिताएको काम पूरा गर्न नसकिएला । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ । सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ ।
तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
परिस्थितिको बन्धनले पनि स्वतन्त्रतामा बाधा पुर्याउला । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्ला । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्ने सम्भावना देखिन्छ । सम्मानित अबसर दिलाउन सक्छ ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । शुभचिन्तकहरूले अप्ठ्यारो पर्दा साथ दिनेछन् । बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ । आफ्नो सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला ।
धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ । दिगो योजनाका लागि ऋण लिने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ ।
मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल–अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ । पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ । बाध्यताले अलमल्याउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम हातलागी हुन सक्छ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ । धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला । बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ । विशेष योजना सार्वजनिक नगर्नुहोला ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]