देश पोष्ट /खोटाङ ।स्कुटर चोरी गर्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ ।
इस्मा गाउँपालिका- १ घर भई रेसुंगा नगरपालिका- २ मा बसोवास गर्ने सीता खत्रीको नाममा रहेको लु.५०प ९२०२ नम्बरको स्कुटर चोरी गर्ने मदाने गाउँपालिका- ६ का १८ वर्षीय हरि नेपाली र रेसुंगा नगरपालिका– ८ का २१ वर्षीय विजय नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले गत बिहीबार रेसुंगा नपरपालिका- २ को धागिथुममा घरअगाडि रोकिराखेको स्कुटर चोरेर बुटवल पुर्याएका थिए ।
पीडितको जाहेरीका आधारमा खोज्दै जाँदा बुटवल बसपार्कबाट स्कुटरसहित उनीहरूलाई पक्राउ गरेर मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]