देश पोष्ट/ खोटाङ । मकवानपुरको थाहा नगरपालिका–८, चौतराबाट प्रहरीले १०८ किलो अवैध लागुऔषध गाँजासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
सोही ठाउँ बस्ने ५७ वर्षीय लालबहादुर घलानको घरबाट ४५ किलो र उनकै भाइ शेरबहादुरको घरबाट ६३ किलो गाँजा बरामद गरिएको हो । लालबहादुरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ भने शेरबहादुर फरार छन् ।
आफ्नै घरमा लागुऔषध गाँजा बिक्री वितरण गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले तलासी गर्दा उनीहरूका घरबाट उक्त लागुऔषध फेला पारिएको प्रहरीले जानकारी दिएको छ ।
यस घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]