देश पोष्ट /काठमाण्डौ । मार्च २२ बिश्व पानी दिबशका अबसरमा काठमाण्डौमा पानी प्रशोधन ब्यबसायी संघ नेपालद्धारा प्रभातफेरी लगायतका कार्यक्रम सम्पन्न भएको छ ।
शुद्ध पिउने पानीको अभाबमा बिश्वका मानब जीवनमा श्वास्थ्यमा आइपर्ने समस्यालाई न्युनिकरण गर्नुका साथै पानीका श्रोतहरुको संरक्षण,सम्बद्र्धन एबं प्रबद्र्धनका लागि राज्य र नागरिक समुदायले खेल्नु पर्ने भुमिकाको बिषयमा माइतीघर मण्डला बाट शुरु भएको प्रभातफेरी भद्रकाली,रत्नपार्क बाट महेन्द्र पुलिस क्लबमा पुगेर टुंगिएको ब्यबसायी संघका अध्यक्ष दुर्गा प्रसाद पुरीले जानकारी दिनु भयो ।
बिश्व पानी दिबशको “गति परिबर्तन” भन्ने मुल नाराका साथ बिश्वभर मनाइने पानी दिबशका अबसरमा पानी प्रशोधन ब्यबसायी संघले राजधानीका बिभिन्न २३ स्थानमा आज दिनभर निःशुल्क शुद्ध पिउने पानीको ब्यबस्था गरेको संघका सचिब राम कार्कीले बताउनुभएको छ ।
बिश्वमा बर्षेनी अशुद्ध पानीको प्रयोगका कारण बिभिन्न किसिमका सरुवाजन्य बिरामी परिरहेको परिप्रेत्क्ष्यमा राज्य तथा निजी क्षेत्र तथा उत्पादक ब्यबसायीहरुले पानी शुद्धिकरणको बिषयमा आम सरोकारको बिषय बनाउनु पर्ने,सचेतनाको कार्यक्रम सञ्चालन गर्नुपर्ने,नीतिगत सुधार गर्नुपर्ने,सार्बजनिक क्षेत्रहरुमा निशुल्क र शुद्ध पिउने पानीको ब्यबस्था गर्नुपर्ने लगाएतका कार्यक्रम राज्यले तल्लो तह सम्मका नागरिकहरुमा पु¥याउनु पर्ने अध्यक्ष पुरीको भनाई रहेको छ ।
२१ मर्च २०२२ को ध्ज्इ को प्रतिबेदन अनुसार बिश्वमा बार्षिक रुपमा दुषित पिउने पानीको कारण झाडापखाला,हैजा,टाइफाइड,पोलियो लगायतका रोगबाट ४ लाख पचासीहजार मानिशको मृत्यु हुने अनुमान गरिनुका साथै बिश्वका ७४ प्रतिशत मानिशहरु शुद्ध पिउने पानीको पहुँचमा रहेको उल्लेख गरिएको छ ।
सन् २०३० सम्ममा आधारभुत रुपमा सबै नागरिकले खानेपानीको पहँुच पुग्नु पर्ने लक्ष्य रहेपनी नेपालमा खेतियोग्य जमिनमा बस्ती बसालिनु,कंक्रिडमय भवनहरु निर्माण गरिनु,खडेरी,डढेलो,वन बिनाश,भु क्षय बर्षातको पानी संकलनको ब्यबस्थीत प्रविधिहरुको प्रयोग नहुनुको कारण शुद्ध पिउने पानीको अभाव रहेको बिज्ञहरुको भनाई रहेको छ ।
बिशेष गरेर नेपालमा खोला,कुवा,सिमसार,ट्युबेल,इनार,कल,बोरिङ,आहाल बिशेष पानीका श्रोतहरु हुन् ।
बिश्वमा प्रयोग गरिएको पानीको पुनः प्रयोगले झण्डै ७ प्रतिशत सिंचाइयोग्य भुमिमा प्रतिनिधित्व गर्ने आँंकडा देखिन्छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]