देश पोष्ट/ खोटाङ । खोटाङको महुरेगढी प्राविधिक शिक्षालयले सिभिल इन्जिनियरिङ प्रथम सेमेस्टरको नतिजा ‘शुन्य’ रहेको छ। सिटिइभिटिले २०७९ जेठमा लिएको परीक्षामा महुरेगढी प्राविधिक शिक्षालयका कुनै पनि विद्यार्थी उत्तिर्ण हुन नसकेका हुन् । सिभिल इन्जिनियरिङ प्रथम सेमेस्टरमा महुरेगढीका ४८ विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
सिटिइभिटिको आंगीक क्याम्पसकारुपमा २०७५ सालमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको महुरेमा महुरेगढी प्राविधिक शिक्षालय स्थापना गरिएको हो।
सिभिल इन्जिनियरिङ प्रथम सेमेस्टरको नतिजाका विषयमा समिक्षा गर्दै कमजोरी सच्याउने योजना बनाइएको शिक्षालयका प्राचार्य पुष्पराज प्याकुरेलले बताए।
मध्यपहाडी लोकमार्गले छोएको र लेकको मनोरमस्थलमा रहेको प्राविधिक शिक्षालय तत्कालिन प्राविधिक शिक्षालय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले २८ जेठ २०७६ मा उद्घाटन गरेका थिए।
युवालाई जागीर, उच्च शिक्षा वा उद्यमशिलताको अवशर सिर्जना गर्ने लक्ष्यकासाथ सरकारले खोटाङमा प्राविधिक शिक्षालय स्थापना गरेको हो। सात वटै प्रदेशमा एक–एक वटा नमूना बहुप्राविधिक शिक्षालय स्थापनाका लागि नेपाल सरकारको आर्थिक वर्ष २०७३-०७४ को स्वीकृत बार्षिक कार्यक्रम अनुशार नुनथलामा प्रदेश स्तरिय प्राविधिक शिक्षालय स्थापना गरिएको हो।
प्राविधिक शिक्षालयमा खोटाङ वाहेक पुर्वपश्चिमका जिल्लाबाट विद्यार्थी अध्ययन गर्न आइरहेका छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]