
देश पोस्ट देश पोष्ट/ खोटाङ । गुल्मीमा डढेलो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका बालकको मृत्यु भएको छ।
गएराती धुरकोट गाउँपालिका–३ हारहारे वर्दवासको जंगलमा लागेको डढेलो निभाउन गएका स्थानीय १३ वर्षीय बालक दीपक मुखिया जलेर गम्भीर घाइते भएका थिए।


गम्भीर घाइते भएका मुखियाको पाल्पा मिसन अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
डढेलो निभाउन गएका ५५ वर्षीय धनबहादुर जोगी गम्भीर घाइते भएका छन्। उनलाई आज थप उपचारका लागि बुटवल लगिएको छ ।उनको पुरै शरीर जलेकाले अवस्था गम्भीर रहेको बताइएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]