
देश पोस्ट देश पोष्ट/ खोटाङ । रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एक मजदुरको मृत्यु भएको छ। दुर्घटनमा परी मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-५ सर्कनाका १३ वर्षीय खेमराज रोका रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार रा १ त ३८८१ नम्बरको ट्याक्टर गए राति लुङ्ग्री गाउँपालिकाको मछेटीमा दुर्घटना भएको हो। दुर्घटनामा अन्य सात जना घाइते भएका छन्।


लुङ्ग्रीको दोमैमा सडक निर्माणमा खटिएका कामदार काम सकेर बास बस्नका लागि किलाचौरतर्फ जाँदै गर्दा ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घाइते भएका मजदुरको प्राथमिक स्वास्थ्यचौकी सुलीचौरमा उपचार भइरहको छ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]