
देश पोस्ट देश पोष्ट /काठमाण्डौं । आज मिति २०८० जेठ १६ गते, मंगलवार, ३० मे २०२३ पञ्चमुखी हनुमानको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । दिगो फाइदा हुने काम हातलागी हुनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् ।


वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । साथ दिनेहरू बढ्नेछन् । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ । नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताइरहनेछ । समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिनेछन् । हडबडीले काम बिग्रन सक्छ । आफ्नाले समेत झुक्याएर फाइदा उठाउन सक्छन् ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।
कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।
तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला । व्यवसायमा लगानी बढाउनुपर्ला । आकस्मिक खर्चले चिन्ता बढाउन सक्छ । समय दिन नसक्दा बन्न लागेको कामसमेत बिग्रन सक्छ । तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ । आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ । आँटले काम सम्पादन हुनेछ । थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ ।
धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइएला । भविष्यका लागि जग बसाउन सकिनेछ । भौतिक साधन जुट्नेछन् भने दिगो काम गर्ने समय छ । व्यापारमा मनग्य लाभ हुनेछ । सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । सामान्य काममा धेरै धन र परिश्रम खर्चनुपर्ला । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ । आफ्नो वस्तुमा अरूले दाबी गर्लान् ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्न सक्छ । दाम्पत्यमा पनि असमझदारी बढ्न सक्छ । सवारी साधन उपयोग गर्दा विशेष सावधानी अपनाउनुहोला । काममा साथीभाइको सहयोग जुट्नेछ । सोखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]