
देश पोस्ट देश पोष्ट /खोटाङ । दुई जिल्लाबाट दोहोरो नागरिकताको प्रमाण–पत्र लिएको आरोपमा एक युवा पक्राउ परेका छन् । दोहोरो नागरिकता लिएको अभियोगमा ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–९ उँबुका रोशन राईलाई प्रहरीले पक्राउ गरेको हो ।
आरोपितले २०७४ साउन २ गते मानेभञ्ज्याङ गाउँपालिका–३ ठेगाना कायम गरी १३–०१–७४–०१०९७ नम्बर र २०७८ चैत १३ गते खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा ठेगाना कायम गरी १२–०१–७८–०५९०४ नम्बरको नागरिकता लिएको खुलेको छ ।


जिल्ला प्रशासन कार्यालय ओखलढुंगाबाट लिएको नागरिकता प्रमाण–पत्रमा उनको जन्म मिति २०५७ माघ २० गते र जिल्ला प्रशासन कार्यालय खोटाङबाट लिएको नागरिकतामा जन्म मिति २०६० जेठ ७ गते उल्लेख छ ।
दोहोरो नागरिकता लिएको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङले बताए । आरोपितको एसइईको प्रमाण–पत्र समेत नक्कली भएको खुलेको प्रहरीले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]