देश पोष्ट /खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाभित्रका स्वास्थ्य बीमा गरेका सेवाग्राहीले दुर्छिम स्वास्थ्य चौकीबाटै प्रथम सेवा उपचार सुरु गरिएको छ ।
नेपाल सरकारले तोकेको मापदण्ड अनुसार स्वास्थ्य बीमा गरेका व्यक्तिहरुले स्वास्थ्य चौकी दुर्छिमबाटै प्रथम सेवा विन्दु स्वरुप पाउने सम्पूर्ण सेवा सुविधा लिने व्यवस्था हलेसी तुवाचुङ नगरपालिकाले मिलाईदिए पछि जिल्ला अस्पताल पुगिरहनु पर्ने झन्झट अन्त्य भएको हो ।
यसअघिसम्म स्वास्थ्य बीमा गरेकाहरुले ४०० सम्म गाडी भाडा तिरेर करीव दुई घण्टा लामो यात्रापछि जिल्ला अस्पताल दिक्तेल पुगेर सेवा लिनु परिरहेको थियो । तर, स्थानीय सरकारले स्वास्थ्य चौकीबाट स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु सुरु गरिदिएपछि नागरिकहरु खुशी भएका छन् । उत्साहित देखिएका छन् ।
एक परिवारको ५ जनाले पैतिस सयमा स्वास्थ्य बीमा गरेर वर्षदिनसम्म १ लाखसम्मको उपचार सेवा लिन पाउने प्रावधान छ । तर, हलेसी भेगका जनताले त्यही बीमाको सेवा लिनलाई लामो दुरीमा ओहोरदोहोर गर्दा आर्थिक भार बढेकाले दुर्छिम स्वास्थ्य चौकीमा स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु सुरु गर्न सफल भईएको नगरप्रमुख बिमला राईले बताउनुभयो ।
अब, नगरपालिकाभित्र स्वास्थ्य बीमा गरेका ८ हजार ४२५ जनाले यहिबाट उपचार र रिफरको कागजात सजिलै पाउने नगरपालिकाका स्वास्थ्य संयोजक प्रकाश घिमिरेले बताए ।
नगरपालिकाको ठूलो जोडबलपछि स्वास्थ्य बीमाको प्रथम सेवा विन्दुको शनिबार नगरपालिकाको प्राङगणमा जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले दिप प्रज्ज्वलन र व्यानर बाचन गरेर उद्घाटन गरेका हुन् ।
नगरप्रमसख राईको अध्यक्षतामा भएको बीमा तथा एम्बुलेन्स सुभारम्भ कार्यक्रममा जिसस प्रमख राई, उपप्रमुख रमेशकुमार राउत, प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाई, हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कैलाशबहादुर ठकुराठी, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देल लगायतको उपस्थिति थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]