
देश पोस्ट देश पोष्ट /खोटाङ । तनहुँको पृथ्वी राजमार्गको सडक विस्तारको काम गरिरहेका बेला पहिरोमा पुरिएर दुई मजदुरको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादीमा सोमबार साँझ काम गर्ने दुईको मृत्यु र एक जना घाइते भएको प्रहरीले जनाएको छ।


मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका– ७ का ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ बस्ने ४० वर्षीय बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाइतेमध्ये भीमको दमौली अस्पतालमा र बलबहादुरको पोखरामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसै गरी सोही ठाउँका ४५ वर्षीय कृष्ण लिङदेन घाइते भएका छन् ।
टेवा पर्खालको काम भइरहेको बेला पहिरो खस्न गई सोही सडकमा निर्माण काम गरी रहेका बेला तिनै जना घाइते भएका थिए।
पहिरोले पुरिएका तिनै जना घाइतेलाई तत्काल उद्धार गरी रत्न हरी मेमोरियल अस्पताल दमौलीमा पुर्याएका थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]