
देश पोस्ट देश पोष्ट /खोटाङ । ताप्लेजुङमाआफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् ।
आफ्नै श्रीमती ३१ वर्षीया निशा राईको हत्या गरेको अभियोगमा सिरिजंघा गाउँपालिका-३ सिकैचा बस्ने ३८ वर्षीय लक्ष्मण चाम्लिङ राईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।


लक्ष्मणले भान्सा कोठामा दाउराको चिरपटले टाउँकोमा प्रहार गर्दा निशाको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी काडेभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]