९ असार २०८०, शनिबार १०:५८ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ६ मिनेट
देश पोस्ट
१०८२ पटक पढिएको
कवि : दिल पौडेल
सिन्धुली
देश पाेष्ट /काठमाण्डाैं । मान्यवर, हिटलरका अवतारी स्टालिनका मुखौटोधारी दुनियाँ जान्दछ– राजतन्त्रको सिण्डिकेट चुसाहा सत्ता हो, म भन्छु– हजारौं लाशका चाङमाथि बसेका दानवी शासकलाई पुरुषार्थी ठान्ने तिमीले गरेको रक्तक्रान्ति पनि उत्सर्ग र बलिदानीयुक्त होइन, हिंसा र हत्या हो । यो देश कसाइँको बधशाला हो यहाँ वसुदैव कुटुम्बकमको कुरा आउँदैन ‘ग्रेटर नेपाल’ को सालनाल छ जनताको रगतको फेवाताल छ सगरमाथाको ‘हाइट’ र गौत्तम बुद्धको ‘लाइट’ छैन अपराधै अपराधको उपक्रम छ समाजवादी फिफडोमभित्र हुण्डरीका सुतुरमुर्ग छन् लेलिनको जड्यौरी सुँध्दै गणतन्त्रमाथि मचक मचक गर्ने दुराचारी घोडाहरू हिन्हिनाएका छन् काइते विचारको घुर ताप्दै वंशगद्दार तोरीलाहुरे अटेर्नाहरू लगौंटीका चुमजुम्रा सधैं शीरमा चढेका छन् गँजेडी महादेवको पूजाआराधना जारी छ हन्वेर्नाहरू मुसोलिनीका पिपरी फुक्तैछन् ‘अहिंसा नै परम धर्म हो’ डमरुले भैंसीको दूध खाँदैछ देउकीको छोरो, माक्र्सको सन्तान बनेर छिचिमिरा उडान भर्दैछ अग्रगमन न प्रतिगमन