• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका : ९८ करोड ६ लाख ५७ हजार बराबरको नीति, कार्यक्रम तथा बजेट पेश

९ असार २०८०, शनिबार २०:२२ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • ८७५ पटक पढिएको
  • देश पोष्ट/ खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि रु ९८ करोड छ लाख ५७ हजार बराबरको नीति, कार्यक्रम तथा बजेट पेश गरेको छ ।

    ‘नगर हाम्रो प्राण, नगरमै छ जीन्दगी, विकासमा छ ध्यान’ भन्ने नाराका साथ कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर निर्माण गरिएको नीति, कार्यक्रम तथा बजेट शनिबार पेश गरिएको हो ।

    ‘उत्पादनमा कृषकको हात, कोही पनि नबसौँ खाली हात’ भन्ने नाराका साथ नगर प्रमुख तीर्थराज भट्टराईले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । ‘मेरो नगर, म आफै बनाउँछु’ नारा दिइएको नीति तथा कार्यक्रममा स्थानीय कृषि उत्पादनलाई प्रवर्द्धन गर्दै आत्मनिर्भर गाउँ निर्माण गर्ने लक्ष्य राखिएको छ ।

    नरबासीको आर्थिक तथा सामाजिक विकास प्रवद्र्धनका लागि ‘नगर प्रमुखसँग नागरिक कार्यक्रम’ ल्याइने जनाइएको छ । रैथाने बाली प्रवर्द्धन, उन्नत खाद्यान्न बालीको बीउमा उपयोगमा अनुदान, कृतिम गर्भाधान मिसन कार्यक्रम कार्यान्वयन, दूधमा आत्मनिर्भर हुन गाईभैँसी प्रवर्द्धन धन लगायतका कार्यक्रममा बजेट विनियोजन गरिएको छ ।

     

    ‘सुशासनयुक्त र भ्रष्टाचारमुक्त’ नगर बनाउने योजनासहित निर्माण गरिएको नगरपालिकाको आन्तरिक आय रु एक करोड ८० लाख रहने अनुमान गरिएको नगर उपप्रमुख विशन राईले पेश गर्नुभएको बजेटमा उल्लेख छ । स्थानीय गौरवका आयोजनाहरुलाई निरन्तरता दिँदै नगरभित्र निर्माण गरिएका सबै ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउनेगरी बजेटको व्यवस्था गरिएको उपप्रमुख राईले बताउनुभएको छ ।

    सङ्घीय सरकारबाट रु १३ करोड २४ लाख २९ हजार र प्रदेश सरकारबाट रु एक करोड ९५ लाख ७८ हजार राजश्व प्राप्त हुने अनुमान गरिएको छ । कृषि तथा पशुपालनतर्फ फलफूल प्रशोधन केन्द्र निर्माणका लागि रु एक करोड र कृषि बजार निर्माणका लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ ।

    किराँत ऐतिहासिकस्थल मझुवागढीलाई ‘फूलैफूलको पहाड’को रुपमा विकास गर्नसमेत बजेट व्यवस्था गरिएको नगर उपप्रमुख राईले बताउनुभयो । वैदेशिक रोजगारीमा गएर फर्केका व्यक्तिका लागि पुनः एकीकरण परियोजनाका लागि रु ४८ लाख बजेट विनियोन गरिएको जनाइएको छ ।

    पर्यटन पूर्वाधारमा कालिका भगवती भन्दिर तथा मझुवागढीको सौन्दर्यकरणका लागि रु एक करोड ५३ लाख ८४, बुइपामा निर्माणाधीन विश्वकै अग्लो यलम्बरको मूर्ति निर्माणलाई निरन्तरताका लागि रु दुई करोड १० लाख बजेट विनियोजन भएको छ । नेर्पामा निर्माणाधीन साकेला भिलेजपार्क (गाउँले उद्यान) निर्माका लागि रु ४६ लाख १६ हजार, नुनथलाको खाम्लामा निर्माणाधीन हँतोलुङ साँकृतिक पार्क निर्माणका लागि रु ८० लाख बजेट विनियोजन भएको छ ।

    दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानलाई ‘दिक्तेल रङ्गशाला’को रुपमा विकास गर्नका लागि रु एक करोड ४९ लाख लगायतका अन्य योजनाहरुमा बजेट विनियोजन भएको छ । नगरस्तरीय योजना तथा कार्यक्रमका लागि रु सात करण बजेट विनियोजन गरिएको जनाइएको छ ।

    चालु आर्थिक वर्ष नगर प्रहरी भर्नाका लागिसमेत बजेट व्यवस्था गरिएको बजेट वक्तव्यमा जनाइएको छ । आर्थिक वर्ष २०७९/०८० मा खर्च नभइ बचत हुने अल्या रकम रु सात करोड १५ लाख ३८ हजार हुने अनुमान छ ।

     

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस् ।

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    पूर्वको पशुपति हलेसी महादेवको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

    आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विद्युतीय शासन के हो ? यसको अवधारण÷सन्दर्भ, उद्देश्यहरु र समस्याहरु ।

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    समाचार
    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    सम्बन्धित खबरहरु

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    नीट–यूजी प्रश्नपत्र चुहावट प्रकरणमा अनसनरत वाङचुकले २६ दिनपछि तोडे अनसन

    काभा पुरुष भलिबल नेपाल र श्रीलंका भिड्दै

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2026: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑