
देश पोस्ट देश पोष्ट /खोटाङ । खोटाङको केपिलासगढि गाउँपालिकाले ४९ करोड ५८ लाख ७७ हजार ५७६ रुपैयाँ बराबरको बजेट पेश गरेको छ ।
केपिलासगढी गाउँपालिकाले कृषि र शिक्षालाई पहिलो प्रथामिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ ।
गाउँसभामा संघिय सरकारबाट कुल अनुदान ४३ करोड १९ लाख १८ हजार १ सय, वित्तीय समानीकरण७ करोड ७३ लाख, राजश्व बाँडफाँड ७ करोड ८५ लाख ९९ हजार १ सय, सशर्त अनुदान १८ करोड ७५ लाख, समपुरक अनुदान ८० लाख, विशेष अनुदान १ करोड १५ लाख, सामाजिक सुरक्षा भत्ता ६ करोड ९० लाख १९ हजार, प्रदेश सरकारबाट प्राप्त कुल अनुदान २ करोड ९२ लाख ४३ हजार अनुमान गरिएको छ ।
साथै, वित्तीय समानीकरणमा ४५ लाख ७४ हजारसशर्त अनुदानमा १ करोड ९६ लाख ३ हजार, समपुरक अनुदान १ करोड, सवारी कर बाँडफाँड ३७ लाख ६ हजार अनुमान गरिएको छ । त्यस्तै जि फाउन्डेसन र सिर्जनशिल भरिया समाजबाट गाउँपालिकामा २ करोड ९७ लाख १६ हजार ४७६ रुपैयाँ बजेट प्राप्त हुने केपिलासगढि गाउँपालिकाले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]