
देश पोस्ट देश पोष्ट /काठमाण्डौं । आज मिति २०८० असार २३ गते, शनिवार, ८ जुलाई २०२३ शनिदेव महाराजको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ ।


वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नियमित काम सम्पादन भए पनि निर्णायक मोडमा दुविधा उत्पन्न हुनेछ । लगनशीलताले काम सम्पादन हुनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । भविष्यका लागि भने कामको जग बसाउने मौका छ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ । धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ । सामाजिक दायित्व बढ्नेछ। परिस्थिति अनुकूल हुनाले रोकिएको काम बन्न थाल्नेछ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्वास्थ्य कमजोर रहे पनि कामको चाप बढ्नेछ । अर्थका हिसाबले पनि दिन कमजोर रहला । परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । पहिलेको समस्या सुल्झाउन निकै परिश्रम गर्नुपर्ला । सहयोग गर्नेहरू कमै भेटिनेछन् । धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ । विगतका कमजोरी सुधार गर्ने मौका छ घरमा सुख र समृद्धिको आगमन हुनेछ । अतिथिका रूपमा सत्कार पाइनेछ । आम्दानी बढाउने काम सुरु गर्न पनि सकिनेछ ।
कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । केही चुनौतीहरू देखिनेछन् । पेसा–व्यवसायमा सोचेको फाइदा उठाउन नसकिएला । प्रतिस्पर्धी बढ्नाले समस्या थपिन सक्छ । काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला । खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला ।
तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
काममा ढिलासुस्ती हुन सक्छ । पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि गुरुजनको सुझाव र सहयोग लाभदायी बन्नेछ । तत्काल लाभ नभए पनि व्यापारको स्रोत पहिल्याउन सकिनेछ । रचनात्मक काममा जुट्ने समय छ । गरिएका कर्मको सामान्य प्रतिफल पाइनेछ ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
धेरै फाइदा उठाउन नसकिए पनि समस्या सुल्झनेछन् । पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । साथीभाइ र सहयोगीका माध्यमबाट काम बनाउन सकिनेछ । टाढिएका आफन्त नजिकिनेछन् । पुरानो सम्झौता भंग हुन सक्छ ।
धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ । सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन् । लेनदेनमा अलि होसियार रहनुहोला । दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् ।
मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अवसर आए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । खर्च हुने डरले सताउन सक्छ । सामान्य आम्दानी भए पनि काम पूर्ण सम्पादन नहुन सक्छ । आफ्ना कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । सम्पादित कामबाट केही धन लाभ हुनेछ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ । भेटघाटमा अलमलिनाले काममा बाधा हुनेछ । अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । सानातिना समस्यामै अल्झनुपर्नेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
केही मात्रामा खर्च बढ्नेछ भने व्यवसायमा लगानी बढाउनुपर्ला । अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । टाढाका साथीभाइले काममा साथ दिनेछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]