
देश पोस्ट देश पोष्ट /खोटाङ । कास्कीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । कास्कीबाट लमजुङ जाँदै गरेको ग १ ख ७६८६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ग १५ प ८४८३ नम्बरको मोटरसाइकललाई रूपा गाउँपालिका–३ पोल्याङमा बिहान ७ः४८ ठक्कर दिएको हो ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार लमजुङको मध्यनेपाल गाउँपालिका–६, भोर्लेटारका २३ विवेक विक र २० वर्षीय दीपेन्द्र विक गम्भीर घाइते भएका थिए । प्रहरीका अनुसार २३ वर्षीय विवेकको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनका भाइ दीपेन्द्रको पनि अवस्था गम्भीर रहेको बताइएको छ ।


बसका चालक रूपा गाउँपालिकाकै विशाल गुरूङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]