
देश पोस्ट देश पोष्ट /खोटाङ । बर्दियामा श्रीमतीकाे हत्या गरेकाे आराेपमा श्रीमान् पक्राउ परेका छन् ।
बढैयाताल गाउँपालिका–१ सानोडाँफेमा घाँस काट्दै गरेकी श्रीमतीकाे हत्या गरेकाे आराेपमा ५० वर्षीय कृपाल सुनार पक्राउ परेका छन् ।
बिहीवार हिजाे ४० वर्षीया श्रीमती केशकुमारी विकको हत्या गरेकाे आराेपमा पक्राउ परेका हुन् ।
घरबाट करिब पाँच सय मिटर टाढा धानखेतमा घाँस काटिरहेका बेला सुनारले पछाडिबाट धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]