देश पोष्ट /खोटाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङले समाजमा मेलमिलाप र शान्तिको वातावरण कायम गर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै राप्रपाले धार्मिक सहिष्णुता कायम गर्दै मेलमिलाप र शान्तिको वातावरण कायम गर्न आग्रह गरेको हो ।
राप्रपाले केही समयअघि धरानमा गौवध गरी मासु खाएको दृश्य सामाजिक सञ्जालमा राख्ने र त्यसो गर्न पाउनु पर्छ भन्दै खुलेआम चुनौती दिने पक्षलाई कारबाही गर्न माग गरेको छ ।
बहुसंख्यक हिन्दु रहेको देशमा सनातन संस्कार मान्दै आएका सनातनी ओमकार परिवारलाई खुला चुनौती दिने, हिन्दुले बनाएको मन्दिरसँगै चर्च बनाउने र त्यसले सिर्जना गर्न सक्ने सामाजिक द्धन्दप्रति सरोकार पक्ष र सरकारका निकायले देखाएको निस्क्रियताले समग्र हिन्दु धर्मावलम्बिको आस्थामाथि गहिरो चोट पुगेको उल्लेख छ ।
राप्रपाले नेपालको संविधान, मुलुकी अपराध संहिता विरुद्ध भएका गतिविधि उपर रोक लगाई सम्बन्धित पक्षलाई कानुनी कारवाहीको दायरामा ल्याउनु पर्नेमा सरकारले उदासिनता देखाएको जनाएको छ । यसै विषयमा सनातन परिवारले धरानमा शान्तिपूर्ण रुपले गर्न लागेको विशाल जनसभामा लगाएको निषेधाज्ञाले हिन्दु धर्मावलम्बीहरुप्रति सरकारको रवैया प्रष्ट भएको ज्ञापनपत्रमा भनिएको छ ।
केही दिन अगाडि धरानमा गौवध गरी मासु खाएको दृश्य सामाजिक संजालमा सार्वजनिक गर्ने र त्यसो गर्न पाउनु पर्छ भन्दै खुलेआम चुनौती दिने पक्षलाई सरकारले कारवाही गर्न देखाएको उदासिनता उपर पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]