देश पोष्ट /खोटाङ। खोटाङमा हाल पछिल्लो समय जिल्ला अस्पतालमा स्वास्थ्य बीमा भए पनि नागरिकले बिमा बाट पाउने औषधी किनुपर्ने गुनोसो गर्न थालेका छन् ।
स्वास्थ्य बीमाले ११ सय ३३ प्रकारका औषधीहरु स्वास्थ्य बीमा सुचिकृत रहेको छ ।तर पनि स्वास्थ्य बिमाले औषधीको प्रकार घटाएको छ भन्दै काउन्टरले शुल्क लिन थालेको सेवाग्राही बाट गुनासो आउन थालेको छ । यता स्वास्थ्य बिमाले भने कुनै पनि औषधीको प्रकारहरु नघटाएको अझै थप बढाउँदै लगेको बताउँदै आएको छ ।
नागरिकले सानो समस्याको लागि जिल्ला बाहिर काठमाण्डौ,विराटनगर, धरान लगायतका ठाउँ नै जानुपर्ने बाध्यता रहेको छ। सानो तिनो समस्याको लागि गएपनि यहाँ सम्भावना नहुेन भन्दै रेफर दिने गरेको पाइएको छ ।
अस्पतालबाट सरकारले निःशुल्क ९८ किसिमका औषधीहरु जिल्ला अस्पताल खोटाङमा नपाएको नागरिकले बाहिर किनुपर्ने बाध्यता रहेको सेवाग्राहीको भनाइ छ ।
जिल्ला अस्पताल खोटाङको आफनो फार्मेसी र ठेकेदार प्रणालीद्धारा राखिएको गरि दुई ओटा फार्मेसी सञ्चालित छन् ।
खोटाङमा स्वास्थ्य बीमा सुरु भएको छ बर्ष अवधिमा करिव ७५ प्रतिशत नागरिकले बीमा गराएका छन्। स्वास्थ्य बीमा कार्यक्रम खोटाङ जिल्लामा वि.स २०७४ फागुन १ गते बाट जिल्ला अस्पताल खोटाङ , प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी र प्राथमिक स्वास्थ्य केन्द्र ऎसेलुखर्क गरि तीन स्थान बाट सेवा सुरु भएको हो । खोटाङमा जिल्लामा आर्थिक बर्ष २०८० श्रावण मसान्त सम्ममा ५८ हजार ६ सय ७० जना घरपरिवार स्वास्थ्य बीमा आवद्ध रहेका छन् । यो संख्या खोटाङ जिल्लाको २०७८ को जनगणना अनुसार करिव ३३ दशमलव हो ७५ प्रतिशत जनसंख्या स्वास्थ्य बीममा आवद्ध भएका छन् ।
लक्षित समुदायहरुमा सत प्रतिशत छुट रहेको छ । अति गरिव परिचय पत्र प्राप्त भएको घर परिवार पुर्ण अशक्त अपांगता (क) वर्गको परिचय पत्र प्राप्त सदस्य संरक्षित परिवार, कृष्ट रोग, एच. आइ. भि. संक्रमित सदस्य भएको परिवार जटिल खालका क्षयरोग –एम.डि.आर.टि.वि) बिरामी भएका परिवार, सत्तरी बर्ष पुगेका जेष्ठ नागरिकहरुको नविकरण स्वत हुने व्यवस्था रहेको छ भने महिला स्वयंसेविकाको हकमा भने ५०% छुट दिइएको छ ।
स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन चाहनेे पाँच जना सदस्य सहितको परिवारले बीमा शुल्क वापत प्रत्येक वर्ष ३ हजार ५ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ । अतिरिक्त सदस्यले ७ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ । पाँच जना सम्म सदस्य भएको बिमितले १ लाख सम्मको सेवा पाउनेछन् भने अतिरिक्त सदस्यको हकमा भने थप बीस हजारको दरले सेवा थप हुँदै जानेछ ।
यसका साथै सरकारले तोकेको निःशुल्क औषधिसमेत बीमितले पाउँछन् । तर, कस्मेटिक सर्जरी, व्यक्तिगत झै–झगडाका कारण चोटपटक लागेमा, मादकपदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोटपटक लागेमा, गर्भपतन गराएमा भने बीमाबापतको सेवा उपलब्ध हुने छैन ।
हाल जिल्लामा नविकरण गर्नेको संख्या ९० प्रतिशत भन्दा माथी रहेको छ । हाल खोटाङ जिल्ला अस्पताल हलेसी नगर अस्पताल, चिसापानी प्राथमिक स्वास्थ्य केन्द्र र ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्र गरि चार वटा प्रथम सेवा बिन्दु बाट बिमा गरेको नागरिकले सेवा लिइरहेका छन् ।
पछिल्लो समय जिल्ला अस्पतालको सेवालाई लिएर चौतर्फी आलोचना हुने गरेको छ । पछिल्लो समय जिल्ला अस्पताले मृगौला बिग्रेको छ । तुरुन्त बाहिर गएर जचाँउनु रातरात गरेर बिराटनगरमा चेक गर्दा ग्यास्ट्रिकको कारणले पेट दुःखेको थाहा भयो । सुत्केरी व्यथाले थला पलेएकी एक महिलालाई शल्यक्रिया बिना सम्भावना छैनन तुरुन्त बाहिर लानु भनेपछी महिला दिक्तेलको हुर्लुङमा बच्चा जन्माएको थिईन अहिले जिल्ला अस्पतालको पछिल्लो समय सामाजिक संजालमा व्यापक आलोचना भईरहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]