देश पोष्ट /खोटाङ । सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं बागबजारका सुरज गुरुङ, वीरगञ्ज घर भइ क्षेत्रपाटी बस्ने अनवर हुसेन अन्सारी रहेका छन् ।
सोही सिक्री किनेको आरोपमा भारतीय नागरिकहरू शक्ति भौमिक र सचिन गाड्वे समेत पक्राउ परेका छन् ।
प्रहरीका अनुसार गुरुङले चलाएको मोटरसाइकलमा बसेर अन्सारीले भदौ २५ गते काठमाडौंको कुलेश्वर बस्ने अफ्सरा श्रेष्ठको घाँटीमा लगाई राखेको अन्दाजी २ तोला बराबरको सुनको लकेट सहितको सिक्री लुटेका थिए ।
असोज १ गते पक्राउ परेका उनीहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]