देश पाेष्ट /काठमाण्डाैं ।
– दिल पौडेल , सिन्धुली
गाँइगुई हल्ला छ–
देशभित्र अचेल
आर्यघाट पुगेको लास व्युझेर
बुढो मशानको नायकत्वमा पस्चगामीहरूले
नयाँ चटक देखाउन थालेको छ
इतिहास उल्टो गतिमा हिड्दैन,
धार्मिक दास मालिक
सबैलाइ थाहा छ, तैपनि
तिनीहरुले रामवाण ओखती भनेर
सर्पका माला, बाघका छाला
बलिको रातो टीका लगाउने
स्वघोषित भूत, प्रेत मशानहरुले
नेपाली जनतालाइ झुक्याउन फेरी
प्रतिगमनको कार्ड फालेको छ
विराट हनुमानका नग्न प्रदर्शन जारी छ
राज्यको धार्मिक चरित्र हुदैन
स्वप्न, समर्पण, र संघर्षको परिणति हो – गणतन्त्र
केयौ पुस्ताको बलिदानीपछि
डम्पिंग साइटमा पुर्याएर
बुढो मशानको हड्डी समेत गालेको छ
बूढो मशानले फेरि ‘..।
++++++++++++
कुनैपनि व्यवस्था पुर्ण हुदैन
सबैलाई थाहा छ
लठैत कठमुल्ला जमातको प्रोपोगन्डाले
कुनै पराकम्पन ल्याउदैन
नित्से भन्छन् ईश्वरको मृत्यु भईसकेको छ
तिमी कसरी बिष्णु अवतार फेरि ?
चिहान पुगेको चेतशुन्य
निरंकुश वंशका सन्तान
बलत्कारी , हत्याहिंशाका तिम्रा सिंहासन
देवीदेवता र कलाकृतिका तस्कर
सयौ वर्षदेखिका मुलुकमारा
नेपाली जनताले अझै पालेको छ
बुढो मशानले ‘.।
+++++++++++
पन्चायतको हन्डीमा मौलाएका
लोकतन्त्रमा बहुलाएका
एलिट वृत्तका झोलेहरू
भ्रामक कुरा खेतिका स्टन्टबाजी हान्दै
दक्षिणी छिमेकीका बुद्धीचालमा चलेको छ
बूढो मशानले फेरि ‘.।
++++++++++++++
कुरा स्पष्ट छ–
संघीय गणन्त्रको बाहक तिमी हुदै होईनौ
थुकको डोरी नबाट
मानिसका चेतना र चिन्तन
अग्रगामी र प्रगतिशील छन्
तिमी जतिसुकै डर्टी ट्रिक चलाऊ – बूढो मशान ?
अन्ततः विश्वमा तासका चारवटा मात्र बादशाह रहनेछन्
ध्यान राख – राजा निरोको दरबार उहिल्यै जलेको छ
अचेल फेरी प्रतिगमनरूपी परालको आगो बलेको छ
बूढो मशानको फेरि ‘,..,।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]