देश पोष्ट /काठमाण्डौं ।
– दिल पौडेल, सिन्धुली
महामहिम ज्यू
भारुण्ड पंक्षीको टाउको जस्तो
बहुरूपिया बुट्टेदार कर्मचारी जगत
पर्दाभित्रका कालाकर्तुतका
घिनलाग्दा काण्डहरूले गर्दा
यतिबेला , महासंकटको बीचबाट गुज्रेको छ,
दुष्टात्महरूको ड्यामेज गिदी बढार्न सकिदैन
छलकपट, षड्यन्त्र, चाचाचुचे नचाहने
लिच्चड गफ नहाँक्ने
सोझा, इमान्दार र पहुँचविहिन
कर्मचारीका सेता पोशाक सत्र ठाउँमा उध्रेको छ
महामहिम ज्यु ‘.।
++++++++++++++
कठालोमा समातेर
कठघरामा उभ्याउन
लायकका दोषी अपराधीहरूका
कुकृत्य फाईलभित्रै थन्किएका छन्
मेधावी, सुशील र देशभक्तको बदलामा
सेतोलाई कालो र कालोलाइ सेतो पार्ने
चाण्डाल, चाटुकार र कुलंगारका
भविष्य सुध्रेको छ
महामहिम ज्यू ‘.।
+++++++++++++++++++
अर्काको पाउमा आफ्नो पुर्पुरो टेकाउनेसंग
आदर्श आचरणको के कुरा गर्नु ?
मलाइ बडो नमज्जा लागेको छ
सफेद लवेदाका घनटाउकेहरू
सम्पत्ति र दम्पत्ति जोड्दै देख्दा
स्थायी सत्ता कसरी थिग्रेको छ ?
महामहिम ज्यू ‘..।
++++++++++++++++
परजीवि मुसे दासहरूले
महान उथलपुथल गरे – भन्छन्
घाम झै छर्लंग छ–
कमिला र मौरीमा भिन्नता नदेख्ने
पुर्वजहरुका सग्लो देश नथेग्ने
राष्ट्रद्रोहीहरुले सत्यमेव जयेतको आरती बालेर
राष्ट्रकै जीवनमा विषाक्त विचार लेग्रेको छ
महामहिम ज्यू ..,,।
++++++++++++
हाकिम– नेताका गुलामी जारी छ
ऐन– कानुन भट्टीभित्र थन्क्याएपछि
देशको सार्वभौमसत्ता र स्वतन्त्रता निख्रेको छ
महामहिम ज्यू ‘.।
++++++++++++
मलाई भन्न त मन छैन
तैपनि , आमालाई बेच्न सकिदैन
करौडौं जीवनका पीडाको चित्कार नसुन्ने
उच्चपदस्थ शासकका कन्चेटमै
ट्रीगर दबाउने साधन बिग्रेकोछ
कर्मचारी जगत महासंकटले गुज्रेको छ ।।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]