देश पोष्ट /काठमाण्डौं । आज मिति २०८१ वैशाख २१ गते, शुक्रवार, ३ मे २०२४ दिक्तेलको साक्षत् माता कालिका भगवतिको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ । व्यापारमा राम्रै नाफा उठाउन सकिनेछ । छोटो समयमै काम बनाउन सकिनेछ । नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ ।
वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतिष्ठा आर्जन गर्ने समय छ । समाजले पदीय जिम्मेवारी दिलाउनेछ । नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विभिन्न अवसर दिलाउनेछ । काम देखाएर फाइदा लिने समय छ । शुभचिन्तकहरूको साथले पहिलेको चुनौती समाप्त होला ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ । अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला । आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । समयअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिबन्धले अलिअप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । चुनौतीभित्र अवसर खोज्ने समय छ । सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ । सामान्य कामकै लागि दौडधुप गर्नुपर्नेछ । व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्य कमजोर रहनेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दिगो काम प्रारम्भ हुनेछ । राम्रो उपलब्धि हातलागी हुनेछ । पहिले रोकिएको काम बन्नेछ । जिम्मेवारी समेत बढ्न सक्छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । श्रमको उचित मूल्य पाइनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । छोटो समयमै उपलब्धि हातलागी हुनेछ ।
कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ । पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन् । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ ।
तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
न्यून प्रतिफल हातपार्न सफल भइनेछ । धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ । कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्य–चिन्ताले पनि सताउनेछ । अध्ययनमा बाधा हुनेछ । लक्ष्य प्राप्त गर्न समय लाग्नेछ ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ । छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ । हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ । दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ । असमझदारीले आफन्तजन टाढिन सक्छन् ।
धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ । स्रोतसाधन जुट्नाले नयाँ कामतर्फ आकर्षित भइनेछ । समय निकै उत्साहजनक रहनेछ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ । अवसर आए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइनेछ । सुरुमा हडबडी गर्दा काम दोहोर्याउनुपर्ला । बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला । अध्ययनमा त्यति समय दिन नसकिएला ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
नयाँ कामको प्रस्ताव आउनेछ । सहयोगीहरू प्रशस्तै भेटिनेछन् । पहिलेको सफलताले हौसला जगाउनेछ । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । बौद्धिक क्षमताको तारिफ हुनेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अर्थ अभाव देखापर्न सक्छ । बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । समय दिन नसक्दा नियमित काम बिग्रन सक्छ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । सहयोग गर्नेहरू कमै भेटिनेछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]