देश पोष्ट /खोटाङ । जिल्लाको उत्तरी क्षेत्र जालपामा रहेको जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औं साधारण सभा सम्पन्न भएको छ ।
शनिबार सहकारीको सभाहल जालपामा सम्पन्न २७ औं साधारण सभामा सहकारीको कारोबार आर्थिक वर्ष २०७९÷०८० मा सात करोड ७६ लाख १४ हजार २५३ रुपैयाँ नाघेको हालसम्म चार करोड ७८ लाख ९२ हजार ६९३ रुपैयाँ निक्षेप संकलन गरेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
जनसेवा समाज नेपाल जालपाले आयोजना गरेको साक्षरता कक्षामा सहभागी महिलामार्फत २०५३ सालमा स्थापना गरिएको सहकारीको शेयर पुँजी एक करोड एक लाख ८१ हजार ८५० रुपैयाँ पुगेको जनसेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिए ।
हाल पाँच करोड ६३ लाख ३६ हजार ६५६ रुपैयाँ ऋण लगानीमा रहेको सहकारी संस्थाका अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिबेदनमा उल्लेख छ ।
सहज र सुलभ ब्याजदरमा ऋण उपलव्ध गराएर शेयर सदस्यहरुलाई स्वावलम्बी, मितव्यायी, लगनशील एवं आत्मनिर्भर बनाउने मूल लक्ष्यका साथ स्थापना गरिएको सहकारीले आर्थिक वर्ष २०७९/०८० मा १२.६५ प्रतिशत शेयर लाभांश वितरण गरेको छ । शेयर लाभांश वापत १२ लाख वितरण गरिएको हो । सहकारीको नन्पर्फमिङ लोन (एनपिएल) ५ प्रतिशतमुनि रहेको अध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।
चालु आ.व.मा एक करोड २० लाख शेयर पूँजी पुर्याउने, सहकारीको कारोबार र सदस्यहरुको सम्पूर्ण विवरण कोपोमिसमा अद्यावधिक गर्ने, व्याजदर समायोजन गर्ने, थप २० बचत समुह निर्माण गर्ने लगायतका भावी योजना पास गरिएको छ ।
उत्पादित कृषि उपजको उत्पादनदेखि बजारसम्म कृषकको पहुँच स्थापना गर्न कृषिउपज संकलन केन्द्र स्थापना र सञ्चालन गर्ने, खराव कर्जा,कर्जा असूलीको लागि ऋणको पुनर्तालिकीकरण गर्ने, सामाजिक उत्तरदायित्वका लागि शैक्षिक छात्रबृत्ति तथा बिपन्न सहयोग कार्यक्रम र दोहोरो सदस्यता पहिचान गर्ने भावी योजना अनुमोदन गरिएको छ ।
सहकारीमा जालपा सहित खार्मी ,हौंचुरका १११ बचत तथा ३९ वाल बचत समुहका दुई हजार २७५ शेयर सदस्य छन् । हालसम्म जालपा, खार्मी र हौंचुरलाई कार्यक्षेत्र बनाएको सहकारीले माक्पा र सप्तेश्वरमा समेत कारोबार सुरु गर्ने योजना बनाएको अध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]