देश पोष्ट /खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी एक महिला पत्करले पुरिएको अबस्थामा मृत भेटिएको जानकारी प्राप्त भएको छ ।
गत मङ्सिर–१९ गतेदेखि बेपत्ता बनेकी पाथेका स्थीत नाखामकी ३६ वर्षीय पवित्रा तामाङ मृत फेला परेकी हुन् । घरदेखि करिब १५ मिनेट पैदल दूरीमा मृत फेला परेकी हुन् ।
छोरा नजन्माएको भन्दै श्रीमानसँग खटपट भएपछि नौँ महिनाअघि सम्बन्ध बिच्छेद गरेर माइती घरमा बस्दै आएकी पवित्रा मङ्सिर–१९ गते राति आठ बजेसम्म ङरमै भएकाे तर भोलिपल्ट बिहान ओछ्यानमा नदेखिएपछि पवित्राको खोजी शुरु गरिएको आफन्तको भनाई रहेको छ ।
बेपत्ताको खोजीका लागि परिवारले मङ्सिर–२३ गते प्रहरीलाई खबर गरेका थिए । खोजीकार्यको शिलसिलामा पवित्राको शव पत्करले छोपेको अवस्थामा मङ्गलबार फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता बेनु कार्कीले जानकारी दिए । पवित्राको शव शंकास्पद अवस्थामा भेटिएकाले घटनाको विषयमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दाका अनुसार पवित्राको बलात्कारपछि हत्या भएको अनुमान गरिएको छ । पत्करले छोपेर राखिएको अवस्थामा मृत फेला परेकी पवित्राको भित्री बस्त्र समेत च्यातिएको भेटिएको प्रहरीले जनाएको छ । पवित्राको शव जिल्ला अस्पताल दिक्तेलमा पोष्टमार्टम पछि बुधवार आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]